Page # 6
होटल तथा गेस्टहाउसहरू पहुँच युक्त पर्यटनको प्रमुख सरोकार वाला हुन् । हामी होटलको यो कोठामा सुरक्षित छौ? बहिरा भएका कारण विशेष गरि सुनामी र भुकम्पका घटनाहरू पछि धेरै पटक यो प्रश्न मेरो मनमा आउँछ । इमानदार भएर बोल्दा होटलका कोठाहरूमा कुनै आपतका बेला बहिराहरू सुरक्षित छैनन् ।यति खतरनाक समस्यामा कसैले ध्यान दिएको देखिँदैन ।
अर्को समस्या होटलका कोठाहरूमा कहीँ पनि देखिने घण्टीको व्यवस्था छैन । यसले बहिराहरूलाई बाधा सृजना गर्छ । सन् २००४ मा म मलेसियामा थिए । मलाई शहर भ्रमणको लागि लिन एक जना आएछन् र मेरो ढोका ढक्ढकाय छन् । बहिरा भएको कारण मैले ढोका ढक्ढकायको र घण्टी बजाएको सुनिन । मलाई निकाल्न उसले सुरक्षाकर्मी लिएर आउनु पर्यो ।
समाधान एकदम सरल साधारण एवं सस्तो छ।बजारमा हेर्ने घण्टी भाईब्रेटर उपलब्ध छन् ।अझ तार रहित सेवा सजिलै बनाउन सकिन्छ र बहिरा पाहुना भएको कोठामा राख्न सकिन्छ । मात्र हामीलाई होटल उद्योग र सरकारबाट(नीति तथा कानुनका लागि) गम्भीर चासोको आवश्यकता छ ।
होटलहरूमा आन्तरिक सञ्चार र स्वगत कक्षमा सम्पर्कका लागि एउटा टेलिफोन हुन्छ । तर बहिराहरूले सेवाको उपयोग गर्न सक्दैनन् । उनीहरूलाई केही आवश्यक हुँदा भने स्वगत कक्ष मै जान पर्ने हुन्छ । अर्को कोठामा भएका साथीलाई सम्पर्क गर्न उनीहरूको कोठा मै जान पर्ने हुन्छ ।
आज भोलि सन्देश पठाउन सकिने टेलिफोन बजारमा पाइन्छ । एउटा तार रहित सन्देश पठाउन मिल्ने फोन मेरो देशमा मात्र ३२ डलर मा उपलब्ध छ । यसमा बिना शुल्क अक्षर सन्देश पठाउने व्यवस्था छ।होटलले केही त्यस्ता सेट राखेर आफ्ना बहिरा पाहुनाका लागि सजिलो प्रयोग गर्न सक्छन् ।
Go to: Page Title | Index | 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | Select Language